Publi Readers
All about truth & reality in surrounding & in universe.

वीरगञ्ज महानगर पालिकामा आज शोक विदा

41

वीरगञ्ज, ५ जेठ
वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ ।

महानगरपालिकाको वडा नम्बर २३ स्थित प्रसौनिविर्ता स्वास्थ्य चौकीका ईन्चार्ज रहेका वरिष्ठ अ.हे.ब. मुनिलाल चौधरीको निधनमा शोक बिदा दिइएको हो ।

शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कार्यलयमा ५ गते शुक्रबार बिहान ११ बजे शोक सभाको आयोजना गरिने सूचनामा उल्लेख छ । शोक सभामा सम्पूर्ण कर्मचारीलाई उपस्थित हुन भनिएको छ।

जेठ १ गते निधन भएका चौधरी प्लास्टिक एनेमिया रोगबाट ग्रसित थिए ।

Leave A Reply

Your email address will not be published.