Publi Readers
All about truth & reality in surrounding & in universe.

अतिक्रमित संरचना हटाउन अलौंमा चल्यो डोजर

35

वीरगञ्ज, ४ जेठ
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ अलौंमा सार्बजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाइएको छ ।

सार्बजनिक सडक अवरुद्ध हुने गरि निर्माण गरिएको संरचना महानगरको टोलीले हटाएको हो ।

डोजरसहित गएको टोलीले अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाएको छ ।

यस्तै पोखरीको पूर्वपट्टी रहेको सडकमा निर्माण गरिएका ४ वटा घरको पर्खाल पनि हटाइएको छ ।

सडक अतिक्रमण गरि बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माण कार्य अघि बढ्ने वडा नम्बर १७ का वडाध्यक्ष संजिव बहादुर क्षेत्रीले बताउनु भयो ।

महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथे त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ ।

अतिक्रमित संरचना हटाउन महानगपालिकाका प्रमुख राजेशमान सिंह आफैं पुग्नु भएको थियो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गर्नु भयो ।

अतिक्रमण हटाउन महानगर प्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप चौरसिया, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि प्रसाद पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि प्रसाद भुषाल लगायतको टोली पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.