Publi Readers
All about truth & reality in surrounding & in universe.

ट्रान्सर्फमर मुनि फोहोर गरी आगो लगाउने आयल निगमलाई ५ हजार जरिवाना

33

 

बीरगन्ज । बीरगन्ज महानगर पालिकाले नेपाल आयल निगम बीरगन्ज शाखालाई ५ हजार रुपैया जरिवाना गरेको छ । बीरगन्ज वडा न १५ लक्ष्मणवा प्रतिमा चौक नजिक शाखा कार्यालय अगाडी बाटोमा फोहोर फ्याकेर आगो लगाएकोले महानगर पालिका ले जरिवाना गरेको हो । गर्मीको मौसममा तेज तातो हावा चलिरहेको अव्यवस्थामा गैर जिम्मेवारी पुर्वक बिजुली ट्रान्सर्फमर मुनि फोहोरमा आगो लगाएको पाइएकोले ५ हजार जरिवाना गरिएको सरसफाइ अभियान को संयोजक प्रकाश खेतानले जानकारी दिनु भएको छ । सरसफाइमा नगरवासीहरु ले फोहर संकलन गर्न आउने गाडीहरू मा फोहोर राखीरहेको अवस्थामा जिम्मेवार सरकारी निकायले नै गैर जिम्मेवारी कार्य गरेको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले बताए ।

Leave A Reply

Your email address will not be published.