Publi Readers
All about truth & reality in surrounding & in universe.

संसदीय समितिमा एमालेको सिफारिस , देवकोटा र गुप्ता पुर्वाधारमा ,हजरा शिक्षा स्वास्थ

105

बीरगन्ज । नेकपा एमाले पर्साका २ सांसद पुर्वाधार र १ शिक्षा स्वास्थ सूचना प्रविधि समितिको सदस्यमा सिफारिस हुनु भएको छ ।
सांसद प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय समितिमा रहने आफ्ना सांसदहरुको सूची बुझाएको छ ।
नेकपा एमालेबाट पर्साका ३ जना सांसदहरु प्रतिनिधि सभामा छन् । निर्मला देवकोटा र राजकुमार गुप्ता पुर्वाधार विकास समितिमा सिफारिस भएका छन् । यसैगरी प्रभु हजराको नाम शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सिफारिस भएको छ ।
पूर्वाधार विकास समिति : गोकर्ण विष्ट, ठाकुर गैरे, बसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति : छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई

Leave A Reply

Your email address will not be published.