मेयर राजेशमानले वैभव बीरगन्जको लागि सिंहदरबारमा बढाए सक्रियता , भेटे प्रधानमन्त्री लाई
बीरगन्ज। बीरगन्जको विकासका लागि नगर प्रमुखले सिंहदरबार मा सक्रियता बढाउनु भएको छ । बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंह र पर्सा क्षेत्र न १ का सांसद प्रदीप यादवले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सित महत्वपूर्ण भेटघाट गर्नु भएको छ । बीरगन्जलाई वैभव बीरगंज बनाउन अगामी बजेटमा प्राथमिकता र विभिन्न दुरगामी परियोजना बारे ध्यानाकर्षण अगराउनु भएको छ । प्रधानमन्त्रीले विकास निर्माण कार्यमा सहयोग र साथ दिने सकारात्मक सन्देश दिनु भएको मेयर सिंहले बताउनु भएको छ । नगर प्रमुख सिंह ३५ दिन भित्रमा दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल सित भेट गर्नु भएको छ ।