Publi Readers
All about truth & reality in surrounding & in universe.

जेठ ३ गतेदेखि बीरगन्जमा शिव महापुराण हुने , भूमि पुजन सम्पन्न

117

 

बीरगन्ज । जेठ ३ गतेदेखि ९ गते सम्म आदर्शनगरस्थित खेल मैदानमा हुने शिव महापुराण सफलताको साथमा सम्पन्न गर्न सोमबार भुमि पुजन सम्पन्न भएको छ ।

सानिध्य महामनिषी स्वामी श्री निरन्जन जी महाराज र मुख्य यजमान तथा आयोजक श्री सुनिल खेतान ले सोमबार विधिवत भुमि पुजन र धर्म पताका को स्थापना गर्नु भएको छ । श्री नव निधि शिव महापुराण कथाको आयोजनको तयारी तीव्रता को साथ भैरहेको आयोजक समितिका प्रकाश खेतानले जानकारी दिनुभएको छ । नेपाल र भारतबाट करीब ३ लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको आयोजक समितिका महेश दास ले बताउनु भएको छ ।
बीरगन्ज वडा न १० स्थित आदर्शनगर खेल मैदानमा मिति २०८० जेठ ३ गते बुधबार विश्व विख्यात कथा व्यास वाचक पं. प्रदीप मिश्रा ज्यू आउदै हुनुहुन्छ ।  पुरुषार्थ आश्रम सेवा ट्रष्ट हरिद्वार को मुख्य आयोजनामा । ३ गते देखि देखि ९ गते सम्म श्री नव निधि शिव महापुराण कथाको आयोजना हुदैछ । स्थानिय आयोजक र मुख्य यजमान समाजसेवी सुनिल कुमार खेतान हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.