गुडीरहेकै अवस्थामा एसी यात्रुवाहक बसमा आगजनी , यात्रु सुरक्षित
बीरगन्ज । गए राति रौतहटको गौरबाट काठमाण्डौको जादै गरेको महानता AC बसमा आगजनी भएको छ । राति १ बजेको करीबमा गुडीरहेकै अवस्थालमा चितवनमा अचानक आगजनी भएको थियोे ।
बसमा सवार यात्रुहरू बसबाट सुरक्षित निस्कन सफल भएका थिए । सबै यात्रु सुरक्षित रहेको बुझिएको छ । बस पुर्णतया जलेको छ । सबै यात्रुको झोला, झोलामा राखेको पैसा लगायत अन्य सामानहरू पूर्ण रुपमा जलेर नस्ट भइसकेको छ । आगजनीको कारण खुलेको छैन ।