Publi Readers
All about truth & reality in surrounding & in universe.

बीरगन्जका ७ जना राष्ट्रपतिद्वारा विभूषित

126

बीरगन्ज । संविधान दिवसको दिन नेपाल सरकारबाट घोषणा भएको वीरगञ्जका विभिन्न ७ व्यक्तिहरु विभुषित भएका छन् । राष्ट्रपति भवन शितलनिवासमा आयोजित पदक वितरण समारोहका राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमार्फत समाजलाई योगदान दिएका समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिहरुलाई विभूषित गरेका हुन् ।

प्रबल जनसेवाश्री चतुर्थबाट वीरगञ्जका बरिष्ठ उद्योगी एवम् समाजसेवी तथा बीरगन्ज महानगर पालिकाका सदभावनादुत अशोक वैद्य, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुवोधकुमार गुप्ता, वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक डा.अबुल हैस अन्सारी, उघोगपती समाजसेवी मुरलीधर रुङ्गटा , उद्योगी दिपेन्द्रकुमार कलवार विभूषित भएका छन् । यसैगरी नारायणी अस्पतालकी नर्सिङ् निरीक्षक हेमा थापा र स्वतन्त्रता सेनानी स्व. मेघराज उपाध्याय र अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत इन्जिनियर बीरगन्ज अशोकबाटिका निवासी राजेश कुमार दास प्रसिद्ध प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित भएका छन् ।

Leave A Reply

Your email address will not be published.