बीरगन्जमा सबारी साधनको को लागि आयो एप सुचारू
बिरगंज , चैत्र २९ गते बुधबार ।
बिरगंजमा संचालन भयो एक् नया साधन Aayo आज बिरगंज स्थित बिरगंज पब्लिक कलेजको हलमा विभिन्न पत्रकारहरुहरूको उपस्थितिमा प्रेस बिज्ञप्ति जारीगर्दै Aayo र Aayo Rider भनी दुइ एपको बारे यस एप का CEO रयान कायस्थले जानकारी दिएका थिए । जहा एप का CTO श्याम कुशवाहा लगायत अन्य कर्मचारीहरू पनी उपस्थित रहेका थिए l यस एप् लाइ हामीले हाम्रो मोबाइलमा भएको प्ले स्टोर द्वारा सजिलै डाउनलोड गर्न सक्छौ l विशेषगरी हामीले आफ्नो अफिस, बजार अर्थात एक ठाऊ बाट अर्को ठाउमा जान रिक्सा नकुरी सजिलै आयो मार्फत बाइक वा अन्य साधन बुक गरी एक देखी अर्को ठाऊ जान सकिन्छ साथै आफ्नो समयको बचत पनी गर्न सकिन्छ , त्यसै गरी यस एपमा लगिन गरी सवारी धनीले पनि आफ्नो आर्थिक कमाइ गर्न सक्ने छन् ।स्थानिय सार्वजनिक यातायात भने ई -रिक्सा फेरी केहि छैनन्। व्यक्तिगत, व्यावसायिक वा आपतकालीन स्थितिले होस्, प्रत्येक दिन एक ठाऊ देखी अर्को ठाउँ सम्म यात्रा गर्नु पर्दछ l स्थानीय सार्वजनिक यातायात भर पर्ने जनतालाई कहिँ कतै यात्रा गर्नु पर्ने हो भने ई-रिक्सा निर्धारित मार्गको कारण घर तलै सवारी साधन उपलब्ध हुदैनन्, समय खर्चेर ई-रिक्सा पाउने स्थान पुगेर खाली रिक्सा समयमा नभेटिने समस्या प्राय प्रयोगकर्ताको गुनासो पनि हुन्छ, त्यसै रिक्सा भेटिए पनि कोचिएर, अर्काको पान गुट्खा र पसिनाको दुर्गन्धको सहन गर्नु पर्ने त कुनै नया कुरा नै हैनन्, आफ्नो गन्तब्य सम्म पुगेसम्म बाटो भरि यात्री झर्दै बोक्दै अझ बढी समय समय खपत हुन जान्छ l फेरी पुनं. स्थानीय यातायात साधनहरुको निश्चित मार्ग मै यात्रा गर्ने नियामको कारण गन्तब्य स्थानमै नछोडेर चौक देखी गन्तब्य सम्म हिड्ने बाध्य पनि हुन्छ l यी सम्पूर्ण समस्यालाई मध्यनजर गरी यसका समाधान स्वरुप यी एप सँचालन गरिएको हो भनी कम्पनीकी फाउन्डर जमुना रुपाखेतीको भनाइ रहेको थियों l