Publi Readers
All about truth & reality in surrounding & in universe.

महिलालाई निशुल्क सिलाइ कटाइ तालिम

83

 

वीरगञ्ज,२७ चैत्र । बिरगञ्ज महानगरपालिकाले निःशुल्क सिलाइ कटाइ तालिम सञ्चालनमा ल्याएको छ ।

सीप सिक्ने इच्छा राखेका तर खर्चको अभाबमा तालिम गर्न नसकेका लक्षित महिलाहरुलाई निशुल्क तालिम कक्षा सुरु गरिएको हो ।

सोमबार महिला हक हितका लागि सकृय समाजसेवी अन्नपुर्णा मानन्धरज्युको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको छ।
तालिममा ३८ जना महिलाहरुको सहभागिता रहेको छ ।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा रिषिका टेलर सेन्टरको आयोजनामा तालिम अगाडी बढाएको हो ।
सहभागीहरुलाई प्रेरणा श्रेष्ठ,एतरिया कुमारी,राधा चौधरीले प्रशिक्षण दिनुहुने छ ।
आयोजित तालिम कक्षा उद्घाटन सत्रमा गै.स.स शाखा प्रमुख राजीव गिरी, वडा न.१ का वडासदस्य राधिका देवी,बिपिन (पिन्टु )साह कानु,दिपेन्द्र राउत लगायतको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रम रिषिका टेलर सेन्टरका संचालक प्रशिक्षक एतरिया कुनारी चौधरी गुप्ताको सभापतित्वमा उदघाटन भएको हो ।

Leave A Reply

Your email address will not be published.