Publi Readers
All about truth & reality in surrounding & in universe.

नगर प्रमुख राजेश मान सिंहद्वारा शनिबार इफ्तारको आयोजना , मुस्लिम धर्मावलम्बीलाई दावत

41

 

बीरगन्ज । बीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंहले शनिबार इफ्तार को आयोजना गर्नु हुनेछ । नगर प्रमुख  सिंहले मुस्लिम धर्मावलम्बीको पवित्र रमजान महिनाको अवसरमा इफ्तारको दावत सबै मुस्लिम धर्मावलम्बीलाई दिनु भएको छ । शनिबार क्लासिक पार्टी प्यालेस घण्टाघर व्यारेक को उत्तर पट्टी  साँझ ६ बजेर २६ मिनेटमा  इफ्तार को दावत दिनु भएको नगर प्रमुखको स्वकीय सचिव अफरोज आलमले जानकारी दिनु भएकोे छ । नगर प्रमुख सिंहले  बीरगन्जका सबै मुस्लिमहरुलाई इफ्तारमा दावत दिनु भएकोले उपस्थितिको लागि अनुरोध रहेको स्वकीय सचिव आलमले बताए । मुस्लिम धर्मावलम्बीको १ महिनाको रमजानको महिना हुन्छ त्यसपछी इद मनाउने गर्छन् ।

Leave A Reply

Your email address will not be published.