Publi Readers
All about truth & reality in surrounding & in universe.

बीरगन्जको समग्र विकासमा महानगरलाई राजनैतिक दलहरुको साथ

41

 

बीरगन्ज । बीरगन्ज महानगर पालिकाको समग्र विकास तथा नालामाथीको अतिक्रमण हटाउन बीरगन्ज महानगर पालिकालाई राजनैतिक दलले साथ दिने निर्णय गरेको छ ।
आज महानगर पालिकामा नगर प्रमुख राजेश मान सिंह सित राजनैतिक दलहरुको पदाधिकारीहरुको छलफल पछि बीरगन्ज महानगर पालिकाले समग्र विकास,नालामाथीको अतिक्रम हटाउन राजनैतिक दलहरुको निर्णय
बीरगन्जको समग्र विकासमा महानगरलाई राजनैतिक दलहरुको साथ

बीरगन्ज । बीरगन्ज महानगर पालिकाको समग्र विकास तथा नालामाथीको अतिक्रमण हटाउन बीरगन्ज महानगर पालिकालाई राजनैतिक दलले साथ दिने निर्णय गरेको छ ।
आज महानगर पालिकामा नगर प्रमुख राजेश मान सिंह सित राजनैतिक दलहरुको पदाधिकारीहरुको छलफल पछि बीरगन्ज महानगर पालिकाले समग्र विकास, नाला माथीको अतिक्रमण र सार्वजनिक जग्गा को खोजी एवं संरक्षणमा हामी सबै राजनैतिक दलले महानगरलाई सघाउने निर्णय गरेको नेकपा एमाले बीरगन्ज महानगर कमिटीको सचिव सुन्दर प्रसाद कुर्मीले बताउनु भयो ।

नेपाली काग्रेस बीरगन्ज महानगर समितिको नगर सभापति मणिन्द्र लाल नेपालीले’ मेयर साहेवले महानगरले अहिले गरिरहेको गतिविधिबारे जानकारी गराउनु भयो हामीले पनि सुझाव राख्यौ सरसफाइ , अतिक्रमित जग्गाको अतिक्रमण हटाउने , रात्री बजार , सार्वजनिक जग्गा को खोजीमा राजनैतिक दल सित सहयोग र साथको आपेक्षा राख्नु भयो हामी सबै दलले सहकार्य र साथ दिने निर्णय गर्‍यो ‘ भन्नुभयो ।
जसपा का नगर अध्यक्ष ईश्वर प्रसाद यादवले नगर प्रमुखले हामी राजनैतिक दलका पदाधिकारी लाई बोलाएर गतिविधिबारे जानकारी दिने र सुझाव लिनु भएको बताउनु भयो ।
नगर प्रमुख राजेश मान सिंहले बीरगन्जको समग्र विकासमा महानगर ले सबै राजनैतिक दल र महानगर वासीको साथ एवं सहयोगको आग्रह गर्नु भएको थियो । आज सम्पन्न राजनैतिक दल सितको छलफलमा नगर प्रमुख राजेश मान सिंह, नेपाली काग्रेस का नगर सभापति मणिन्द्र लाल नेपाली , नेकपा एमाले बीरगन्ज महानगर कमिटी सचिव सुन्दर प्रसाद कुर्मी , जसपा नगर कमिटी अध्यक्ष ईश्वर प्रसाद यादव , नेकपा माओवादी केन्द्र को क्षेत्रीय अध्यक्ष अमिताभ बच्चन दास र जनमत पार्टीका उमा शंकर गुप्ता, नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास र स्वकीय सचिव सत्य राज घिमिरे सहभागी थिए । नाला माथीको अतिक्रमण र सार्वजनिक जग्गा को खोजी एवं संरक्षणमा हामी सबै राजनैतिक दलले महानगरलाई सघाउने निर्णय गरेको नेकपा एमाले बीरगन्ज महानगर कमिटीको सचिव सुन्दर प्रसाद कुर्मीले बताउनु भयो ।

नेपाली काग्रेस बीरगन्ज महानगर समितिको नगर सभापति मणिन्द्र लाल नेपालीले’ मेयर साहेवले महानगरले अहिले गरिरहेको गतिविधिबारे जानकारी गराउनु भयो हामीले पनि सुझाव राख्यौ सरसफाइ , अतिक्रमित जग्गाको अतिक्रमण हटाउने , रात्री बजार , सार्वजनिक जग्गा को खोजीमा राजनैतिक दल सित सहयोग र साथको आपेक्षा राख्नु भयो हामी सबै दलले सहकार्य र साथ दिने निर्णय गर्‍यो ‘ भन्नुभयो ।
जसपा का नगर अध्यक्ष ईश्वर प्रसाद यादवले नगर प्रमुखले हामी राजनैतिक दलका पदाधिकारी लाई बोलाएर गतिविधिबारे जानकारी दिने र सुझाव लिनु भएको बताउनु भयो ।
नगर प्रमुख राजेश मान सिंहले बीरगन्जको समग्र विकासमा महानगर ले सबै राजनैतिक दल र महानगर वासीको साथ एवं सहयोगको आग्रह गर्नु भएको थियो । आज सम्पन्न राजनैतिक दल सितको छलफलमा नगर प्रमुख राजेश मान सिंह, नेपाली काग्रेस का नगर सभापति मणिन्द्र लाल नेपाली , नेकपा एमाले बीरगन्ज महानगर कमिटी सचिव सुन्दर प्रसाद कुर्मी , जसपा नगर कमिटी अध्यक्ष ईश्वर प्रसाद यादव , नेकपा माओवादी केन्द्र को क्षेत्रीय अध्यक्ष अमिताभ बच्चन दास र जनमत पार्टीका उमा शंकर गुप्ता, नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास र स्वकीय सचिव सत्य राज घिमिरे सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.