ठोरीलाई प्रादेशिक पर्यटकीय राजधानी बनाउन माग
बीरगन्ज । बीरगन्ज होटल तथा पर्यटन ब्यबसायीहरले पर्सा राष्ट्रिय निकुन्ज र ठोरी क्षेत्रलाई मधेश प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न माग गरेका छन । आज ठोरिमा मधेसको उद्योग पर्यटन तथा बन मन्त्री सुनिता यादब र बिरगंज उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सम्मानमा होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंज र ठोरी गाउँ पालिकाले सन्युक्तरुपमा आयोजना गरेको कार्यक्रममा बिरगंजका होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले मधेसका उद्योग पर्यटन तथा बन मन्त्री सुनिता यादब समक्ष उक्त माग राखेका हुन । पन्तले मधेसको पर्यटन प्रबर्द्धनमा केन्द्र र प्रदेश दुबै सरकारले चासो नदिएको गुनासो गरे । ब्यबासायीहरुको गुनासोको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका उद्योग, पर्यटन तथा बन मन्त्री सुनिता यादबले अघिल्लो सरकारले गरेको अदुरर्दर्शी कामकारबाहीको जिम्मा आफुले नलिने बताउदै अब चही ठोरिको बिकाशमा प्रदेश सरकार लागि पर्ने बताउदै ठोरीमा पर्यटनको प्रचुर सम्भाबना रहेको बताइन । उनले मन्त्रालय टुक्रिने क्रममा रहेकोले यदि आफू पर्यटन मन्त्रालयमै रहे ठोरिको पर्यटन प्रबर्द्धनमा मास्टर प्लान बनाएर अगि बढ्ने बताइन । उनले भनिन यदि मन्त्रालय टुकृएर म बन मन्त्री भए भनी पनि आफुले ठोरिको पर्यटनलाई अगाडि बढाउन कुनै कसर बाकी नराख्ने बताइन । कार्यक्रममा बोल्दै बिरगंज उद्योग बाणिज्य संघका नबनिर्बाचित अध्यक्ष अनिल पट्वारीले पनि ठोरिको पर्यटन प्रबर्द्धनमा निजि क्षेत्रको पनि सहयोग रहने बताए । ठोरी गाउँ पालिकाका अध्यक्ष लाल बाहादुर श्रेष्ठले स्वागत भासण गर्दै ठोरिको पर्यटनका विभिन्न समस्याहरु राख्दै ठोरी सधै सबैबाट उपेक्षित भएको बताए । हरि पन्तको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रम मधेस का पर्यटन मन्त्री सुनिता यादब र बिरगंज उद्योग बाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यहरुको सम्मानमा आयोजना गरिएको थियो । कार्यक्रममा बिरगंज उद्योग बाणिज्य संघका पदाधिकारी , कार्यसमिति सदस्य्हरु , बिरगंजका होटल तथा पर्यटन ब्यबसायिहरु र मिडियाकर्मीहरु को उल्लेख्य उपस्थिति थियो ।