बारा मालपोतका एक कर्मचारी र लेखापढी व्यवसायी घुस सहित पक्राउ
बारा । जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहालाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहाले जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग पन्ध्र हजार रुपैया घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता भोला दाहालले जनाउनु भएको छ ।
खरिदार राम विश्वास साह र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहालाई सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुसको रकम मालपोत कार्यालय, परिसर नजिकै रहेको पसलमा लिइरहेका अवस्थामा नियन्त्रणमा लिएको दाहालले बताए ।