बीरगन्ज । बीरगन्ज महानगर पालिकाले स्थापना गरेको भोजपुरी प्रतिष्ठान वीरगञ्जका संस्थापक अध्यक्ष उमाशंकर द्विवेदीको निधन भएको छ।
वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर २४ बहुअरी निवासी ६२ बर्षिय द्विवेदीकाे शुक्रबार दिउँसो निधन भएको हो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्यसमेत रहेका द्विवेदीकाे उपचारकाे क्रममा मेडिसिटी वयाेधा अस्पताल वीरगञ्जमा दिउँसो साढे ३ बजेको निधन भएकाे परिवारले जनाएकाे छ ।
भोजपुरी र नेपाली भाषा को साहित्यकार द्धिवेदी को निधन प्रति बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंहले गहिरो दुख: प्रकट गर्नु हुन्दै साहित्य मा अपुरणिय क्षति भएको जनाउनु भएको छ ।