Publi Readers
All about truth & reality in surrounding & in universe.

बीरगन्ज ५ मा सर्फ,झोल साबुन र हर्पीक बनाउने तालीम सम्पन्न

190

 

बीरगन्ज । बीरगन्ज महानगर पालिका वडा न ५ मा एक महिने सर्फ,झोल साबुन र हर्पिक बनाउने तालिम सम्पन्न भएको छ । सीप सिकौ रोजाईको बनौ अभियान अन्तर्गत बीरगन्ज महानगर पालिका वडा न ५ समितिको सहयोगमा आमा समुह द्वारा आयोजित तालिम नेपाल सीप विकास परामर्श केन्द्रले संचालन गरेको थियो ।

वडाका २५ जना महिला को सहभागिता रहेको थियो । तालिमको समापनमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुखको प्रेस सल्लाहकार महेश दासले सर्फ , झोल साबुन र हर्पिक सबैको घरघरमा आवश्यक समान रहेकोले व्यवसायिक रुपमा अघि बढन सुझाव दिनु भएको थियो । वडा अध्यक्ष प्रदिप चौरसियाले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन सिपमुलक तालिम निरन्तर आयोजना गर्ने बताउनु भयो । समापन कार्यक्रममा वडा समिति सदस्यहरु मनोज साह, मन्जु परियार,सन्जु दाहाल , वडा सचीव अरुण कुमार बस्नेत , आमा समुहकी अध्यक्ष जुली श्रेष्ठ र प्रशिक्षक विपीन कुमार उपाध्याय ले मन्तव्य राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.