आज सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ : बुधवार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंले तेजावीको सुनको मूल्य भने आजका लागि ९० हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई १२ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन १२ सय रुपैयाँमा कारोबार भएको थियो ।