Publi Readers
All about truth & reality in surrounding & in universe.

बीरगन्ज महानगर पालिकाको विकास कार्य प्रती राजनैतिक दलहरूले सन्तोष व्यक्त गरे, अब हातोमालो गर्ने

90

बीरगन्ज । बीरगन्ज महानगर पालिका र बीरगन्जका राजनैतिक दलहरूले बीरगन्ज महानगर पालिका सित हातोमालो गरि अधि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बीरगन्ज महानगर पालिकाले आज सर्वदलीय बैठक को आयोजना गरेको थियो । सर्वदलीय बैठकले बीरगन्ज महानगर पालिकाले संचालन गरिरहेको विकास निर्माण कार्य तथा अगामी योजना प्रति सबै राजनैतिक दलले सन्तोष व्यक्त गरेको छ । अगामी दिन विकास निर्माण र विभिन्न अभियानमा राजनैतिक दलले साथ र सहयोग गर्ने तथा राजनैतिक दलको सल्लाह सुझाव महानगर पालिकाले आत्मसात गर्ने निर्णय गरेको छ ।

बैठकमा नगर प्रमुख राजेश मान सिंह ले महानगर पालिकाले अहिलेसम्म गरेको र अगामी दिनमा गर्ने विकास निर्माण तथा विभिन्न अभियान बारे सविस्तार जानकारी गराउनु भएको थियो । उहाँले अगामी दिन राजनैतिक दलहरूको सुझाव लाई आत्मसात गरी सहकार्य गरिने बताए ।

महानगर का उपप्रमुख ईम्तियाज आलमल्र बीरगन्ज महानगर पालिकाले राजनैतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर विकास निर्माण कार्य अधि बढाएको बताउनु भएको थियो ।
बैठक मा सहभागी विभिन्न दलको नेताहरूले केही जिज्ञासा र सुझाव राख्नु भएको थियो ।

बैठकमा नेपाली काग्रेस का महानगर समिति को सभापति मणिन्द्र लाल नेपाली र उप सभापति सन्तोष कुमार गुप्ता , नेकपा एमाले बीरगन्ज महानगर कमिटी का सचिव सुन्दर कुर्मी र प्रदीप चौरसिया , नेकपा माओवादी केन्द्र का बीरगन्ज महानगर कमिटी सचिव सुरेन्द्र गुप्ता , जसपा को बीरगन्ज महानगर कमिटी को अध्यक्ष ईश्वर चन्द्र यादव , नेकपा एस को बीरगन्ज महानगर कमिटी अध्यक्ष मनोज कुमार चौधरी र सचिव बृज कुमार पासवान र जनमत पार्टी को उमा शंकर गुप्ताको सहभागी हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.