Publi Readers
All about truth & reality in surrounding & in universe.

बीरगन्ज को पशुपति नाथ मन्दिरमा आज महाआरती हुने , तीन धामाका पुजारी आउने

89

बीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आज फागुन १ गते महाआरती हुने भएको छ ।

भारतको काशी विश्वनाथका मुख्य पुजारी, पशुपतिनाथ मन्दिर काठमाण्डौका भट्ट र जनकपुरधामका महन्थको संयुक्त उपस्थितिमा सोमबार महाआरती हुन लागेको हो ।वीरगन्जमा पहिलो पटक तीनै धामका पुजारीलाई बोलाएर महाआरती आयोजना गर्न लागिएको हो । काशी विश्वनाथका मूल पुजारी पण्डित डा.श्रीकान्त मिश्रलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा स्वागत गर्नुभएको छ । सडक मार्ग हुँदै वीरगञ्ज आइपुग्नु भएका मुख्य पुजारी मिश्रले पावन भूमी नेपालको वीरगञ्जमा आउन पाउँदा खुसी लागेको बताउनु भएको छ ।

वीरगन्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा महाआरती सफल बनाउन आवश्यक तयारी अघि बढाइएको छ ।महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै आवश्यक तयारी तिब्र पारिएको छ ।

वीरगन्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगन्ज महानगरपालिकाले काम गरिरहेको महानगरका मेयर राजेशमान सिंहले बताए ।त्यहि अभियान अन्तर्गत नै यसअघि महानगरले माइस्थान मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गरिसकेको छ । माइस्थान क्षेत्रमा बाँकी रहेको लाइटिङ र गार्डेनिङको काम पनि चाँडै सम्पन्न गर्ने गरी काम भइरहेको सिंहले बताए ।

तराई मधेसमै एक मात्र रहेको वीरगन्जको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको उनले बताए । काठमाण्डौंको पशुपति नाथ मन्दिरसम्म जान नसक्ने भक्तजनहरु पिपरामा रहेको पशुपती मन्दिरमा पुगेर पुजा अर्चना गर्न सक्ने छन् ।

 

 

Leave A Reply

Your email address will not be published.