Publi Readers
All about truth & reality in surrounding & in universe.

प्रहरी निरीक्षक विशाल मल्ललाई नागरिक अभिनन्दन , स्थानीयले लगाए १५१ किलोको माला

253

बीरगन्ज । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई १५१ किलोको मालाले स्थानीय संघसंस्थाले सम्मान गरेको छ । वडा प्रहरी कार्यालय बीर्ताको प्रमुखको रुपमा १० महिनामा शान्ति सुरक्षा , तस्कर नियन्त्रण , विभिन्न अदालत बाट सजाय पाई फरार व्यक्तिलाई ठूलो परिणाममा पक्राउ , स्थानीय निर्वाचन एवं प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन मा स्वतन्त्र भुमिका निर्वाह गरेको , सामुदायिक सेवा र स्थानीय बासिन्दा सित मिलेर सामाजिक कार्यसमेत मा उल्लेखनीय तथा प्रशसकिय कार्य गरेको ले १५१ किलोको माला लगाई अभिनन्दन गरेको ग्रीन सिटी सामुदायिक का अध्यक्ष प्रकाश खेतान ले बताए ।
बीरगञ्जको आदर्शनगर चोकमा आयोजित कार्यक्रमका बीच मल्ललाई नागरिक अभिनन्दन सहित विदाई गरिएको हो । विदाई कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम तथा विभिन्न २ दर्जन भन्दा बढी संघसंस्थाले संयुक्त अभिनन्दन गरेका हुन् । थानकोट सरुवा भएका मल्ल बिहीबार बीरगञ्जबाट जाँदैछन् ।

Leave A Reply

Your email address will not be published.