चिकित्सक संघको नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष डा. सिंहलाई गृह नगरमा भव्य स्वागत
बीरगन्ज । चिकित्सकहरुको साँझा संस्था नेपाल चिकित्सक संघको नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेशको संयोजकमा डा. निरज सिंह लाई गृह नगर बीरगन्ज मा भव्य स्वागत गरेको छ । नवनिर्वाचित डा. सिंहलाई सिमरा एयरपोर्ट र शान्ति पोली क्लिनिकमा स्थानीय चिकित्सक , नर्स , स्वास्थकर्मी, जनप्रतिनिधि तथा स्थानीयले स्वागत र बधाई दिएका छन् । शान्ति पोली क्लिनिक का प्रमोद सरार्फ , वडा न ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, नेपाली काग्रेसका नेता विजय सरार्फ लगायत को उपस्थिति थियो । गायत्री परिवार का पंडितहरुले स्वास्तिक र गायत्री मन्त्र को पाठ गरेको थियो । डा. सिंह चिकित्सक संघको तत्कालीन नारायणी अञ्चलको विभिन्न पद र त्यस पछि केन्द्रिय समितिको केन्द्रिय सदस्य , केन्द्रिय सचिव हुन्दै केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।