Publi Readers
All about truth & reality in surrounding & in universe.

वीरगञ्ज महानगरमा काम गर्ने अवसर, विभिन्न पदका लागि ४८ जना कर्मचारी माग

1,115

वीरगञ्ज /
वीरगञ्ज महानगरपालिकाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४८ जना कर्मचारी भर्ना गर्न लागेको हो ।

सिभिल इन्जिनियर, रोजगार सहायक र कम्प्युटर इन्जिनियर अधिकृत स्तरका कर्मचारी भर्नाका लागि महानगरले दरखास्त आह्वान गरेको हो ।

सिभिल इन्जिनियर २ जना माग गरेको छ भने अन्य पदमा १/१ जना माग गरेको सूचनामा उल्लेख छ ।

यस्तै अमीन सहायक चौंथोमा ११ जना माग हुँदा कम्प्युटर अपरेटर सहायक चौंथोमा ३३ जना माग गरिएको छ ।

खुला प्रतिष्पर्धा बाट करारमा दक्ष जनशक्ति पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

दरखास्त आउँदो फागुन १० गतेसम्म महानगरको प्रशासन शाखामा बुझाउन सकिने महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.