Publi Readers
All about truth & reality in surrounding & in universe.

सिन्धुपाल्चोकमा बस दुर्घटना अपडेट: दुई जनाको मृत्यु, ४० जना घाइते

249

काठमाडौँ: सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ४० जना घाइते छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर जिल्ला ठूलोदुलुङका ४० वर्षिय राजन वतन र अन्दाजी २२ वर्षका एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिएका छन्।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-२ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस अन्दाजी ४० मिटर तल खसेको थियो । बिहान ११:३० बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बीस मिटर तल बस झरेको बस्नेतले थप जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १९ जनालाई धुसिन्धु सदाबहार अस्पताल खाडी चौरमा , २० जनाको धुलिखेल अस्पतालमा र एक जनाको मध्यपुर ठिमी अस्पतालमा उउपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.