बीरगन्ज । बीरगन्ज वीर्ता वडा प्रहरी कार्यालयले ले ठूलो परिणाममा प्रतिबन्धित लागु औषध र गाडी सहित दुई जना मानिसहरू पक्राउ गरेको छ ।
आइतबार वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट वडा प्रहरी र लागु औषध नियन्त्रण व्युरो शाखा बीरगन्जले ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडीबाट प्रतिबन्धित लागु औषध Onrex 100ml को ३५८ बोत्तल सहित २ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय वीर्ताको प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिनु भएको छ । प्रहरीले जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.१ बिसुनपुर्वा बस्ने अवु अयुव असरफ र बीरगन्ज वडा न्न२ बस्ने ईजहार आलम लाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता निर्मल बुढाथोकीले बताए ।