Publi Readers
All about truth & reality in surrounding & in universe.

विकासमा हस्तक्षेपको विरुद्ध सडमा उत्रिए बीरगन्ज पिप्राका स्थानीय बासिन्दा, एम जि मार्गको गरे स्वागत

183

 

बीरगन्ज । बीरगन्ज वडा न १४ का स्थानीयहरुले विकास कार्यमा अवरोध को विरुद्धमा शनिबार बिहान जुलुस प्रदर्शन गरेका छन् ।

बीरगन्ज महानगर पालिकाले वडा न १४ मा विभिन्न परियोजना को शुभारम्भ र आवास क्षेत्र देखि बाइपास जोडने पिप्रा मा निर्मीत नयाँ रोड को नामाकरण को कार्यक्रम स्थगित गरेपछि ठूलो संख्यामा स्थानीयहरु सडकमै उत्रिएर स्थगित कार्यक्रम तत्काल गर्न माग गरेका छन् । जूलूस वडा न १४ ठुलो पिप्रा देखि प्रस्तावित एम जी मार्ग परिक्रमा गरि गुरुकुल स्कुल नजिक कोण सभामा परिणत भएको थियो । विभिन्न राजनितिक दलका प्रतिनिधि,युवा नेता,उधोगी समाजसेवि,बुधिजिबी तथा स्थानीयको उल्लेखनीय सहभागिता थियो ।
कोण सभा मा वडा न १४ का अध्यक्ष महवुव इलाही अन्सारी , नेपाली काग्रेस महानगर कमिटी सचिव श्याम पटेल , पुर्व वडा अध्यक्ष जागेन्द्र कुर्मी , वडा न १४ का उघोगी रामाशिष प्रसाद कुर्मी , डाक्टर अशोक दास , रामप्रवेश कुर्मी लगायतले विकास को कार्यमा राजनैतिक पुर्वाग्रह नराख्न आग्रह गर्दै स्थगित नामाकरण र विकासको परियोजना तत्काल सुरु गर्न बीरगन्ज महानगर पालिका सित माग गरेका छन् ।

आवास क्षेत्र देखि बाइपास जोडने पिप्रा मा निर्मीत नयाँ रोडको महात्मा गाँघी मार्ग नामाकरण को स्वागत गर्दै पशुपति नाथ मन्दिर को जिणोद्वार र सौन्दर्यकरण , जेष्ठ नागरिक पार्क को पुर्ण निर्माण , नर्सिङ भगवान मन्दिर परिसर को निर्माण र आधुनिककरण , बाटो निर्माण लगायत को विकास को माग स्थानीयहरुले गरेको युवा नेता महादेव कुर्मीले बताए ।

Leave A Reply

Your email address will not be published.