Publi Readers
All about truth & reality in surrounding & in universe.

ठाेरीमा भालुको आक्रमणमा परि श्रीमान श्रीमती घाइते

132

बीरगन्ज ।

भालुको आक्रमणमा परी ठोरी ३ रामनगरमा श्रीमान श्रीमती(२ जना) घाइते भएका छ्न । शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा रामनगरका बिबिलाल लोप्चनकी श्रीमती सुकमाया तामाङलाई भालुले आक्रमण गरेपछि बचाउन गएका उनका श्रीमान समेत घाइते भएको स्थानीय नारायण खडकाले बताए ।
जंगलबाट निस्किएका ३ वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ भने श्रीमान बिबिलालको अवस्था भने सामान्य रहेको स्थानीयबासीले बताएका छ्न ।
घाइते दुबैलाई तत्काल नारायणी अस्पताल बिरगंज लगिएको र त्यहाँ अहिले उपचार भइरहेको स्थानीयबासीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.