बीरगन्ज महानगर पालिकाले मधेस आम संचार प्राधिकरण सित सहकार्य गर्ने : मेयर सिंह
बीरगन्ज । बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंहले बीरगन्जबाट प्रकाशित र प्रसारित संचार गृह मा कार्यरत संचारकर्मीहरुकोलागी बीरगन्ज महानगर पालिकाले विशेषज्ञ तालीम आम संचार प्राधिकरण सित सहकार्य गरि गर्ने जानकारी दिनु भएको छ ।
बीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेश मान सिंह सित मंगलबार मधेश सरकारको आम संचार प्राधिकरण का अध्यक्ष श्यामसुन्दर यादव को नेतृत्वमा आएको टोलीले भेटघाट गरि छलफल गरेको छ । छलफलमा बीरगन्जको पत्रकारहरुको दक्षता क्षमता अभिबृद्धी को लागी महानगर पालिका प्राधिकरण सित सहकार्य गर्न तयार रहेको बताउनु भयो । प्राधिकरण का अध्यक्ष श्यामसुन्दर यादवले बीरगन्ज महानगर पालिकाले दिइने लोककल्याणकारी बिज्ञापन दिने कार्यको प्रशंसा गर्नु भएको थियो । उहिले चाडै बीरगन्जमा तालिमको आयोजना गरिने बताए ।
छलफलमा महानगर का प्रेस सल्लाहकार महेश दास , प्राधिकरणका सदस्यहरु प्रतिमा चौधरी , मनोज कुमार यादव र रासस को मधेस प्रमुख राजु विश्वकर्मा सहभागी हुनुहुन्थ्यो ।