बीरगन्ज । सर्जक राजेन्द्र प्रसाद कोइरालाको ‘म शब्द’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतकार कोइरालाको जीवनरुपी शब्दलाई विकास चौधरीले संगीत र लोकप्रिय गायक सुगम पोख्रेलको आवाजले सुनमा सुगन्ध थपिदिएको छ ।
गायक पोख्रेलकै युट्युब च्यानलमार्फत सार्बजनिक गीतको म्युजिक भिडियोलाई सञ्जय हमालले एरेञ्ज गरेका छन् । गीतको भिडियोमा कमल सिंह र बिनु शाक्यले अभिनय गरेका छन् भने छोटो भूमिकामा सर्जक कोइराला आफै पनि देखिएका छन् ।
अवेश बज्राचार्यले छायांकन र मेधब बेलबासेले इडिट गरेको भिडियोको निर्देशन प्रहील कार्कीले गरेका छन् ।