साढे ९ लाख घुस सहित पुर्ण प्रसाद चुडाल अख्तियारद्वारा नियन्त्रणमा
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल ब्यवस्थापन शाखा गौचर काठमाण्डौका ब्यवस्थापन शाखा प्रमुख प्रबन्धक (नवौं तह) पूर्ण प्रसाद चुडाललाई नगद ९ लाख ५० हजार रुपैया सहित नियन्त्रणमा लिइएको छ ।
चुडाललाई एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग १ लाख ५० हजार रुपैया घुस र उनको कार्यकक्ष भित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता श्याम प्रसाद भण्डारी ले जनाउनु भएको छ ।