Publi Readers
All about truth & reality in surrounding & in universe.

सिर्सिया नदी प्रदुषण नियन्त्रणका गर्न उघोगमा पानी प्रशोधन केन्द्र बनाउने

42

वीरगञ्ज ।
सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि ७ दिनभित्र पानी प्रशोधन केन्द्र स्थापना गर्न वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु तयार भएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघको पहलमा बसेको उद्योगीहरुको बैठकले अबको सात दिनभित्र उद्योगहरुमा अनिवार्य प्रशोधन केन्द्र स्थापना गर्न तयार भएका हुन् ।
वीरगञ्ज महानगरपालिकाले नदी प्रदुषणको मुख्य कारक उद्योगहरु रहेको निष्कर्ष निकाल्दै उद्योगबाट निस्कने फोहोर पानी नियन्त्रण गर्न ताकेता गरेपछि उद्योग वाणिज्यसंघले उद्योगीहरुलाई तत्काल प्रशोधन केन्द्र बनाउन लगाउने निर्णय गरेको हो ।
गएको शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा बसेको यस क्षेत्रका उद्योगीहरुको भेलाले उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा विसर्जन गर्ने, प्लान्ट नभएका उद्योगले सात दिनभित्र प्लान्ट निर्माण गर्ने र दैनिक १६ घण्टा बोरिङ चलाएर स्वच्छ पानी नदीमा विसर्जन गर्ने निर्णय गरेको छ ।
सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्ने जिम्मेवारी आफूहरुको पनि रहेकाले अब हरेक उद्योगले फोहोर पानी सोझै नदीमा फाल्न बन्द गर्न प्रशोधन केन्द्र बनाउन लगाउने निर्णय गरेको उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।
बारा पर्साका उद्योगीहरुको सहभागिता रहेको बैठकमा उद्योगीहरुकै सहमतिमा यस्तो निर्णय भएको पनि उनले जानकारी दिए ।
बैठकमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, शिवशक्ति प्याकेजिङ, भास्कर हर्बल, एभरेस्ट लेदर, नेपाल लेदरसहित यस क्षेत्रबाट संचालित उद्योगका संचालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वीरगञ्ज महानगरपालिकाको अगुवाईमा सिर्सिया नदी प्रदुषण नियन्त्रण समिति गठन भएर अहिले नदीको स्थलगत अनुगमनको काम अघि बढीरहेको छ ।
नदी प्रदुषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा गठित समितिमा जितपुर सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासनका पदाधिकारी सदस्य रहेका छन् ।

Leave A Reply

Your email address will not be published.