Publi Readers
All about truth & reality in surrounding & in universe.

राजीनामा स्वीकृत पछि महान्यायाधिवक्ताले लगाए तोक, राजनैतिक पुर्वाग्रहले तोक लगाएको सांसद गुप्ताको आरोप

511

 

बीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालका तत्कालीन महान्यायाधिवक्ता खम्व बहादुर खातीले २०७९ पुस ११ गते राजीनामा गरीसकेपछी राजनैनिक पुर्वाग्रह राखी पर्सा जिल्ला क्षेत्र न ३ को प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्तामाथि पुरक जाहेरी दर्ता गरि कानूनी कारबाही अघि बढाउन जिल्ला सरकारी वकिलको कार्यालय पर्साको नाममा तोक लगाएका छन् ।
बिन्दवासनी गाउँ पालिका वडा न २ को महेश कुमार चौरसिया को निवेदन मा २०७९ पुस ११ गते महान्यायाधिवक्ता खम्व बहादुर खातीले तोक लगाउन्दै पुरक जाहेरी दर्ता गरि कानूनी कारबाही अधि बढाउन जिल्ला सरकारी वकिलको कार्यालय पर्साको नाम मा तोक लगाएका छन् ।
प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले म सित चुनावमा पराजित काग्रेस नेता सुरेन्द्र चौधरीले पुर्वाग्रही तरीकाले सत्ताको चरम दुरुपयोग गरि म विरुद्ध महान्यायाधिवक्ता खम्व बहादुर खातीबाट पुस ११ गते पुरक जाहेरी दर्ता गराउन तोक लगाएको आरोप लगाउनु भएको छ । ‘ राष्ट्रपतिबाट पुस ११ गते देखि लागू हुनेगरी महान्यायाधिवक्ता खातीको राजीनामा स्वीकृत भैसकेको अवस्थामा ११ गतेको तोक को कानुन हैसियत नहुने ‘ गुप्ताले बताए ।
२०७७ कार्तिक ६ गते प्रसौनीमा घटेको घटनामा तीन तहको अदालतले म माथि मुद्दा  नचल्ने फैसला गरिसके पनि सो मुद्दा सित जोडेर सुरेन्द्र चौधरीले बारम्बार मेरो चरित्र हत्या गर्ने गरेको आरोप गुफाको छ ।

Leave A Reply

Your email address will not be published.