Publi Readers
All about truth & reality in surrounding & in universe.

बलिदानी दिवसमा नगर प्रमुख राजेश मान सिंहद्वारा सहिदको तस्बिरमा माल्यार्पण

110

 

बीरगन्ज । मधेस आन्दोलन स्मृति तथा बलिदानी दिवसमा बीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंहले सहिदको तस्वीरमा माल्यपर्ण गरि श्रद्धाञ्जली दिनु भएको छ ।
मधेस सरकारले मधेस आन्दोलनका शहिदहरुकाे सम्झनामा माघ ५ गते मधेस आन्दोलन तथा बलिदाअनी दिवस को घोषणा गर्दै सार्वजनिक विदा दिने गरेको छ । वीरगन्जमा पनि बलिदानी दिवस मनाइएको छ ।
वीरगन्जकाे घण्टाघर स्थित मधेसी सहिद पार्कमा बिहिबार नगर प्रमुख सिंहले सहिदको शालिकमा माल्यार्पण र फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

यसैगरी आज जनता समाजवादी पार्टी (जसपा) पर्साका नेता कार्यकर्ताले शहिदका शालिकमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवकाे अध्यक्षता तथा प्रदेशसभा सदस्य प्रमाेद जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, केन्द्रिय परिषद सदस्य शिवजी सोनी,जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, जिल्ला सचिव तबरेज अहमद, युवा नेता सरोज यादव, अमित यादव, सफ्रोज आलम, विद्यार्थी नेताहरु एजाजबाबु रान्की, हरेन्द्र साह, सागिर आलम, नैमोदिन आलम, फरिद आलम, आबिद समानी लगमयतकाे सहभागीता थियाे ।

 

Leave A Reply

Your email address will not be published.