भोलि बिहीबार मधेस प्रदेशमा सार्वजनिक विदा
बीरगन्ज । मधेस प्रदेश सरकारले माघ ५ गते बिहीबार सार्वजनिक विदा दिने भएको छ । राजपत्रमा प्रकाशित बिदा मा माघ ५ गते वलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवस उल्लेख छ । मधेस प्रदेश सरकारले संघीय सरकारले दिने सार्वजनिक विदाको अतिरिक्त केही विदा दिने प्रदेश राजपत्र मा प्रकाशित गरेको छ । जसपाको सरोज कुमार यादव मधेस प्रदेश सरकार को मुख्यमन्त्री हुनुहुन्छ ।