Publi Readers
All about truth & reality in surrounding & in universe.

बीर्ता वडा प्रहरीद्वारा माँ पाथीभरा ट्रान्सपोर्टमा छापा, अवैध समान बरामद

124

बीरगन्ज । वडा प्रहरी कार्यालय वीर्ताले भन्सार छली ल्याएका सामानहरू बरामद गरेको छ ।
आदर्शनगर स्थित राजेश मल्लिकले संचालन गरेको श्री माँ पाथिभरा ट्रान्सपोर्टबाट अवैध रुपमा भन्सार छली गरि ल्याएर भण्डारण गरेको समानहरु बरामद गरेको वडा प्रहरी कार्यालय को प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिनु भएको छ ।  वहाँले ट्रान्सपोर्टको गोदाममा चेकजाँच गरि हेर्दा विल विजक बिनाका कपडाका पोका तथा अन्य शंकास्पद बिल बिजक भएका हार्डवेयर, लत्ताकपडा तथा चकलेटका सामानहरु फेला परेको बताउनु भयो ।

आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट अनुसन्धान अधिकृत प्रकाश नेपालको नेतृत्वमा आएको अनुसन्धान टोली, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरीको टोलीले स्थानिय जनप्रतिनिधिको रोहबरमा रितपुर्वक खानतलासी गरी गोदाममा रहेका विभिन्न मालसमानहरु थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.