मधेस प्रदेश सभामुखमा एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दिए
जनकपुरधाम । मधेश प्रदेशका सभामुखका सत्तारुढ गठबन्धन बाट नेकपा एमालेकाप्रदेश सभा सदस्य रामचन्द्र मण्डल उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता साझेदार दलहरुबीच बनेको सहमति अनुसार सांसद मण्डलले प्रदेशसभा सचिवालय पुगेर सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता साझेदार दलहरुबीच उपसभामुख जनमत पार्टीलाई दिने सहमति बनेको छ । उपसभामुखमा जनमतले बबिता राउत ईसरको उम्मेदवारी दर्ता गराउने बुझिएको छ ।
नेपाली कांग्रेसले पनि सभामुखमा जंगीलाल राय यादव ले उम्मेदवारी दिने बुझिएको छ ।