Publi Readers
All about truth & reality in surrounding & in universe.

राष्ट्र सेविका नेपालमा ६४ महिलाले लिए प्राथमिक शिक्षा वर्ग प्रशिक्षण

132

वीरगञ्ज, २९ पुस
राष्ट्र सेविका नेपाल वीरगञ्जको आयोजनामा भएको ७ दिने प्राथमिक शिक्षा वर्ग प्रशिक्षण आज सम्पन्न भएको छ ।

प्रशिक्षणको समापन गर्नुहुँदै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले प्रशिक्षणमा सिकेका कुरा दैनिक जीवनमा प्रयोगमा ल्याउन आग्रह गर्नु भयो ।

महिला दिदी बहिनीलाई सक्षम बनाउन प्रशिक्षणले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै यस्तो प्रशिक्षणलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

वीरगञ्जको पशुपति शिक्षा मन्दिरमा गएको २३ गतेदेखि सुरु भई ७ दिनसम्म चलेको शिविरमा पर्सा, बारासहित विभिन्न जिल्लाबाट ६४ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको थियो ।

जसमा १३ वर्षकी किशोरी देखि ६७ वर्ष उमेरसम्मका महिलाले प्रशिक्षण लिएका छन् ।

प्रशिक्षार्थीहरुले परेड प्रदर्शन गर्नुका साथै योग तथा प्रणायाम अभ्यासहरु प्रस्तुत गरेका थिए ।

सहभागिहरुलाई आफ्नो सुरक्षाका साथै धार्मिक गतिबिधिका बारेमा प्रशिक्षण दिइएको वर्गाधिकारी शशिलता गिरीले जानकारी दिनुभयो ।

राष्ट्र सेविका नेपालकी राष्ट्रिय सञ्चालिका शुभद्रा पौडेलको सभापतित्वमा सम्पन्न समापन समारोहमा विश्व हिन्दु परिषद नेपालका महासचिव प्रह्लाद रेग्मी, उद्योगी अशोक वैद्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण रेखा वर्णवालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.