Publi Readers
All about truth & reality in surrounding & in universe.

वीरगञ्ज महानगर पालिका कार्यालयमा आज शोक विदा

335

वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

महानगरको वडा नम्बर १४ मा कार्यालय सहयोगीको रुपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

शुक्रबार महानगर र अन्तर्गतका वडा समितिको कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए  ।

कुर्मीको गएको १६ गते निधन भएको थियो । शुक्रबार तेर्हौं दिनको पुण्य तिथि पारेर महानगरले शोक बिदा दिएको हो ।

महानगरले शुक्रबार ११ बजे शोकसभा समेत राखेको छ ।

Leave A Reply

Your email address will not be published.