Publi Readers
All about truth & reality in surrounding & in universe.

ओम शिव शक्ति वचत तथा ऋण सहकारी संस्था लि को १४ साधारणसभा सम्पन्न

64

नितेश कर्ण

बीरगन्ज २७ पुस

ओम शिव शक्ति वचत तथा ऋण सहकारी संस्था लि को १४ साधारणसभा बुधबार सम्पन्न भएको छ।

१४ वर्ष अगाडि वीरगञ्ज महानगरपालिका को वडा नं ५ वाट सुरु भएको यो संस्था अहिले वीरगञ्ज महानगरपालिका को ३२ वटै वाडाहरुमा कार्यक्षेत्र बनाउन सफल भएको छ । संस्थाको सदस्य संख्या २५३५ रहेको छ । शेयर पुँजी रु २ करोड ११ लाख ६२ हजार ८ सय छ । बचत तर्फ ३६ करोड रुपैया रहेको छ भने ऋण लगानी ३७ करोड रुपैया छ । ऋणबाट ब्याज आम्दानी ५ करोड ७० लाख रहेको संस्था का संचालक अध्यक्ष कालिष्टर साह कानु ले बताएका छन् ।

कालीस्टर साह को सभापतित्वमा भएको सभामा प्रमुख अतिथि प्रभु दयाल कन्दोई , राम चन्द्र सिंह, शालीक राम प्रसाद, जिवाणु बिरालो , चन्देश्वर कुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

सहकारीले दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । कक्षा ४ मा अध्ययनरत सन्ध्या कुमारी सोनार र कक्षा २ कि संध्या कुमारी रौनियारलाई १० कक्षा सम्म छात्रवृत्ति प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.