बीरगन्ज । बन्द कोठामा निसासिएर बीरगन्जमा २ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर त्रिपती ट्रेडिङ एण्ड सप्लार्यस कोइला डिपोमा कार्यरत २ जनाको मृत्यु भएको हो । तगारीमा पत्थर कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेकोमा अक्सिजन ग्यासको कमी भई निसास्सिएर मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए । भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नं. ७ बस्ने पबित्र गिरी र भारत बस्ने सोही डिपोको म्यानेजर मिथलेश यादव को मृत्यु भएको प्रहरी ले जनाएको छ । मंगलबार राति सुतेका बिहान अबेरसम्म नुउठेपछी प्रहरीले बुधबार बिहान कोठाको ढोका तोडेको थियो ।