Publi Readers
All about truth & reality in surrounding & in universe.

लोसपा मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा चयन

101

बीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेशमा संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मतिले चयन भएका छन् ।

संसदीय दलको नेताका लागि जितेन्द्र सोनाल दाबी गर्दै आएपनि पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पाँच सांसदले हस्ताक्षर गरी दलको नेता अभिराम शर्मालाई बनाउन प्रस्ताव गरेको थियो। अन्त्यमा शर्माकै नाममा सहमति भएको हो। उनी महोत्तरी निर्वाचन क्षेत्र -३ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

मधेश प्रदेशमा लोसपा ९ प्रदेश सांसदसहित पाँच ठूलो दल बनेको हो । लोसपा, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी मधेस प्रदेशमा प्रतिपक्षको भूमिकामा रहने भएको छ।

Leave A Reply

Your email address will not be published.