६३ प्रदेश सांसदकाे समर्थन लिएर जसपाका सरोज यादवले मुख्यमन्त्रीमा पेस गरे दाबी
बीरगन्ज । मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले दाबी पेस गरेका छन् ।
यादवले ६३ जना प्रदेश सांसदकाे समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
यादवलाई जसपासहित एमाले जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र एक जना स्वतन्त्र गरेर ६३ जना सांसदले समर्थन गरेका हुन् ।
दलहरूबीच अहिले मन्त्रालय बाँडफाँट भइसकेकाे छैन । प्रदेश प्रमुखले २८ गतेसम्म साँझ ४ बजे सम्म सरकार बनाउन समय दिएको छ ।