बीरगन्ज । होटलमा वेश्यावृती गराउने ३ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । बीरगन्ज वडा न १५ स्थित रानीपोखरी होटलबाट आपत्तिजनक अवस्थामा बारा का एक २५ वर्षीय युवती को साथ लमजुङ राइअनास नगर पालिकाका डोल नाथ कट्टेल लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
होटलको बेटर रमेश कुमार श्रेष्ठ र मैनेजर अनिल कुमार अरोडाले कारागारमा जेल जीवन विताइरहेको श्रीमानलाई छुटाई दिने र एक रातकै नगद चार हजार रुपैया दिलाई दिने भन्ने झुठ्ठा आस्वासन प्रलोभन समेत देखाई वेश्यावृती गराएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले बाताउनु भएको छ ।
पक्राउ परेको ३ जनालाई मानव बेचबिखन तथा ओसार पसार अभियोगमा अनुसन्धान भैरहेको गिरीले बताए ।