१२ लाख २० हजार सहित हुण्डी कारोवार गर्ने १ व्यक्ति पक्राउ
बीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको १२ लाख २० हजार रकमसहित हुण्डी कारोबार गर्ने १ जना मानिस पक्राउ गरेको छ ।
वीरगञ्ज म.न.पा.वडा नं.२५ सिर्सिया स्थित सडक खण्डमा BR05AE 3556 नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१७ बस्ने वर्ष १९ को राजन कुमार साहले लगाएको हेलमेट तथा कालो ज्याकेट भित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको १२ लाख २० हजार रुपैया बरामद गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।