Publi Readers
All about truth & reality in surrounding & in universe.

वीरगञ्ज भन्सारमा प्रहरी प्रशासनको दोहोरो चरीत्र

190

नितेश कर्ण

वीरगञ्ज २५ पुस

नयाँ सरकार बनेसँगै पर्सा प्रहरीले मुल नाका मा दिनको समय मा  कडाइ  र राति को समय मा ढिलाइ गरेको छ । रक्सौल बीरगन्जको मुल नाकाबाट घरायसी प्रयोजनको लागी ल्याइने चामल दाल मा रोक लगाएर सर्वसाधारणलाई सास्ती दिइरहेको छ अर्को तिर साँझ ७ बजे देखि बिहान ४ बजे सम्म तस्करीहरुले ठुलो परिणाममा खाधान्न, लत्ताकपडा , हार्डवेयर समान लगायत ल्याउन लाइन क्लियर गरेको छ । नयाँ प्रहरी उपरीक्षक कोमल शाह आएपछि तस्करी को लाइन बन्द हुने आपेक्षा गरिएकोमा उल्टो तस्करी मा वृद्धि भए पछि प्रहरी उपरीक्षक को नियत पबि शंकास्पद देखिएको छ ।

यता पर्सा प्रहरीले केही दिन देखि वीरगञ्ज बजारको विभिन्न गोदाममा छापामारी गर्ने कार्यलाई तिव्रता दिएको छ । भारतबाट चोरी मार्ग हुदै ल्याइएको चामलका गोदाममा प्रहरीले छापामारी नियन्त्रणमा लिएको खाद्यान्न सामाग्री भंसार पठाउने गरेको छ ।

सरकारले सीमा क्षेत्रबाट हुने चोरी तश्करी, अवैध कारोवार तथा सीमा सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरेको छ । सीमामा नेपाल प्रहरी इनर्वा चैकि र सशस्त्र  प्रहरीले अबैध कारोबारमा संलग्न व्यक्तिसँग रकम लिएर सीमा क्षेत्रबाट साइकल, मोटरसाइकल र पैदल खाद्यान्न बोकेर ल्याउनेलाई छुट दिने गरेको देखिन्छ । बोकेर ल्याउने व्यक्तिसँग प्रतिबोरा २० रुपियाँ प्रहरीले लिने गरेको भनाई रक्सौलबाट साइकलमा खाद्यान्न ढुवानी गर्नेहरुको छ ।

अहिले सशस्त्र प्रहरी सिमा सुरक्षा बल इनर्वा का प्रमुख रबिन्द्र भट्ट बिदामा रहेको बेला जिम्मेवारी पाएका सशस्त्र प्रहरी का सई इनर्वा चैकि प्रमुख लाई केरियर को ठेका लिएका हरु सँग महिना बुझेर लाईन दिएको उनिहरुको भनाई रहेको छ । उनिहरूको अनुसार अहिले भारतीय नागरिक तबारक , भोला , ईमरान, मुना , मुख्तार , अनिल आदी लाई लाईन दिएको बताएका छन् ।

प्रहरीले भंसार छलीगरेर गोदाममा राखेको र ब्यापारीले बिलविजक दिन नसकेको भनेर बरामद गरेको खाद्यान्न भंसार कार्यालयमा मूल्यांकन गरेर पठाउने गरेको छ । प्रहरीले छापामारीमा स्थानीय प्रशासन, स्थानीय निकाय र उद्योग बाणिज्य संघलाई समेत जानकारी नदिई गोदामबाट माल नियन्त्रणमा लिने गरेको छ ।

Leave A Reply

Your email address will not be published.