रात्री बजारको माग गर्दै होटेल तथा पर्यटन व्यवसायी संघ बीरगंजद्वारा पर्साका सिडियोलाई ज्ञापन
बिरगंज , पुष २५ गते सोमबार ।
होटेल तथा पर्यटन व्यवसायी संघ बिरगंज पर्साले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतुत्त्वमा गएको टोलिले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई उहाकै कार्यकक्षमा पुगि ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा कोरोना काल पश्चात नेपाल सरकारले राजधानी लगायत देशको महानगर पालिका तथा देशका महत्वपूर्ण पर्यटकिय स्थलहरुमा होटेल तथा पर्यटन व्यवसायहरु चौबीसै घन्टा खुल्ने अनुमति दिरहेको सन्दर्भमा पर्सा जिल्लामा पनि हाललाई समसेकम रातको १२:०० बजे सम्म मात्र भएपनि हाम्रो होटेल तथा रेस्टुरेन्टहरु उचित कार्य विधि बनाएर संचालन गर्ने वातावरण बनाई दिन होटेल तथा पर्यटन व्यवसायी संघ बिरगंज पर्साले आग्रह गरेका छन् ।
ज्ञापनपत्र बुझाउनेमा वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापा , महासचिव माधव बस्नेत , सचिब सन्दिप बस्नेत , कोषाध्यक्ष पुष्पलाल श्रेष्ठ , सहकोषाध्यक्ष हिरा श्रेष्ठ , होटेल पुजनका सुरेन्द्र लाल श्रेष्ठ , कलार्क सिसोर्ट होटेलका सुनिल खेतान , होटेल नारायणीमा शेखर चौधरी , होटेल अन्नपूर्णका आनन्द चौरसिया , माल्ट रेस्टुरेन्टका निखिल कादमिया लगायतको सहभागिता रहेको थियो ।
त्यसै गरि आजै होटेल तथा पर्यटन व्यवसायी संघ पर्साले पर्सामा नया आउनु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल बिक्रम शाहलाई स्वागत तथा सम्मान गरेको संघका अध्यक्ष हरि पन्तले जानकारी दिनु भयो ।