Publi Readers
All about truth & reality in surrounding & in universe.

रेशम चौधरीले जेलबाटै गरे ठाकुर पक्षमा सनाखत

262

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरीले जेलबाटै हस्ताक्षर सनाखत गरेका छन् । उनले प्रस्तावित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गर्दै हस्ताक्षर सनाखत गरेको पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।
प्रतिनिधिसभाका निलम्बित सांसद चौधरी डिल्लीबजार कारागारमा छन् । ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका ३१ कार्यकारिणी सदस्य दर्ता प्रयोजनका लागि निर्वाचन आयोग पुगेका हुन् । रेशम चौधरीसहित लोकतान्त्रिक समाजवादी पार्टीका १५ जना सांसदले हस्ताक्षर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.