Publi Readers
All about truth & reality in surrounding & in universe.

खनालले भारतबाटै गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

247

काठमाडौँ: प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका वरिष्ठ नेता झलनाथ खनालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । भारतको नयाँ दिल्लीमा उपचाररत वरिष्ठ नेता खनालले दूतावासमार्फत आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् ।

दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोग परिसरमा उपस्थित सञ्चारकर्मीहरूलाई जानकारी दिए। ‘दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको छ ,’ नेता पाण्डेले भने। ‘दूतावासका प्रतिनिधिहरू उहाँको सनाखत लिएर आयोग आउनुभयो र आयोगलाई जानकारी दिनुभयो’ जानकारी दिए ।’

यसअघि आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका सदस्यहरु सनाखतका लागि सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने बताएको थियो । तर नेता खनाल लामो समयदेखि मिर्गौला प्रत्यारोपणका लागि दिल्ली भारतमा उपचाररत भएकाले उपस्थित हुन सकेका थिएनन् ।

Leave A Reply

Your email address will not be published.