नेपाली फिल्म ‘एटीन’ एमजोन प्राइमबाट रिलीज
काठमाडौं: नेपाली फिल्म ‘एटीन’ डिजिटल प्लेटफर्म एमजोन प्राइममा रिलीज भएको छ।
प्रेम लामाद्वारा निर्देशित यस फिल्ममा पहिलो पुस्ता र बेलायतमै जन्मी बेलायतमा नै हुर्किएको दोस्रो पुस्ता बिच ‘जेनेरेसन ग्याप’, मनोविज्ञान, त्यसबिच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ । तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानी रहेको यस फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको हो l यस फिल्ममा नेपाली कलाकार सँगै विदेशी कलाकारको पनि अभिनय रहेको छ l जसमा प्रसुना कँडेल, राज दीप राई, अम्बिका राई, सनमकुमार वैराग, रितेश चाम्ससहित बेलायतीहरू कृश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनलाई देख्न सकिन्छ । प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन प्रेम लामाले गरेका हुन् ल
चलचित्र ‘एटीन’ मा संगीत चन्द्रकुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल।एक्स। पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ, अरोण अशोक कुमार र प्रतिक दुदराजको रहेको छ । प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको ‘एटीन’अघि निर्माता तथा निर्देशक लामाले बेलायतबाटै तीन वटा चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् ।