Publi Readers
All about truth & reality in surrounding & in universe.

सरकारको मौद्रिक नीतिको बिरोधमा आर्थिक नगरी का उघोगी व्यवसायीहरु आन्दोलनमा

249

बीरगन्ज । सरकार को मौद्रिक नीति को बिरोध मा आर्थिक नगरी बीरगन्ज का उघोगी व्यवसायीहरु ले बिहीबार बिरोध प्रदर्शन गरेका छन् । मधेश प्रदेशका ८ वटै जिल्लाबाट सहभागी १६ वटा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीसँगै प्रतिनिधीहरु सहभागिता थियोे ।

नेपाल राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको मौद्रिक नीतिको बिरोध गर्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले आन्दोलन को घोषणा गरेको छ । बिहिवार वीरगञ्जमा आयोजना गरेको चालू पुँजी कर्जा सम्बन्धि मार्ग दर्शन र निजी क्षेत्रको सरोकार विषयक अन्तरसंवादका क्रममा उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकको मौद्रिक नीतिप्रति आक्रोश पोखेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले राष्ट्र बैंकले लिएको चालू पुँजी कर्जा सम्बन्धि नीती सच्याउन सरकार सित आग्रह गरेका छन् । महासंघले निरन्तर दबाब दिइरहेको बताउँदै उनले नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश विरोध कार्यक्रम गरेर दबाब दिने पहिलो संघ बनेको बताए । विरोधका लागि नभएर दबाब दिएर नीति सच्याउनका लागि अझ सशक्त विरोध गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठ बताउनु हुन्छ ।
बरिष्ठ उद्योगी अशोक टेमानीले नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी कर्जा मार्गदर्शन २०७९ का प्रावधानहरुप्रति आपत्ती जनाउँदै यो प्रावधान ले व्यवसायी पलायन हुने हुन्दा नीति यथाशीघ्र सच्याउनुपर्नेमा जोड दिए । यसअघि २४ सै घण्टा चल्ने उद्योग व्यवसाय राष्ट्र बैंककै नीतिका कारण बन्द अवस्थामा रहेको हुँदा आगामी दिनमा अरु व्यवसायी पनि पलायन हुन सक्ने टेमानीले बताए ।
अर्का उद्योगी अशोक वैद्यले सरकारले बैंकलाई शक्तिशाली बनाएको बताए । बैंकले उद्योगी व्यवसायीसँग सौतेलो व्यवहार गरेको बताउँदै उनले विभिन्न आपत्तीजनक प्रावधानहरु सच्याउनुपर्ने सुझाव दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बैंकलाई शक्तिशाली बनाएकै कारण मनोमानी बढेको बताए । नियामक निकायले नियमन गर्नुपर्नेमा जोड दिँदै उद्योगी व्यवसायीलाई आन्दोलन चर्काउन विवश नबनाउन चेतावनी दिएका छन् ।

सरकारले उद्योगमारा नीति अंगालेर नीजि क्षेत्रलाई वेवास्ता गरेको बताउनु हुन्दै चालू पूँजी कर्जा २०७९ का अधिकांश प्रावधान निजी क्षेत्रको विरुद्धमा भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल केडियाले बैंकहरुले अप्रत्याशित ब्याज बढाएकोमा आपत्ती जनाए । राष्ट्र बैंकको मौद्रिक नीतिलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघ मौन बसेको भनाईको खण्डन गर्दै उनले महासंघले खुट्टा नकमाएको दावी गरे । सबै उद्योगी व्यवसायीको एकताबद्ध आन्दोलनले मागको सम्बोधन हुने वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका केडियाको भनाई छ ।

अन्तरसंवादमा मधेश प्रदेशका ८ वटै जिल्लाबाट सहभागी १६ वटा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीसँगै प्रतिनिधीहरुले गुनासो राखेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले नीजि क्षेत्रलाई फकाएर उनीहरुबाट लगानी गराउनुपर्ने ठाउँमा उल्टै डराएर लगानी नै गर्ने वातावरण नबनाउनु राष्ट्रका लागि लज्जास्पद विषय भएको बताए ।
निजी क्षेत्रकै कारण रोजगारीको सृजना हुनुका साथै स्वदेशमै उत्पादनमुलक क्रियाकलाप बढ्दै गएको अवस्थामा उद्योगी व्यवसायीलाई दुःख दिएर हतोत्साहित बनाउने प्रवृति सुधार्नुपर्नेमा उनको जोड छ ।

अन्तरसंवादपछि उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शनसमेत गरेका थिए । वीरगञ्जको मकालु चौकबाट हातमा कालो पट्टी बाँधेर शुरु भएको विरोध प्रदर्शन, ग्रिनसिटी चौक, घडिअर्वा, माईस्थान, आदर्शनगर हुँदै नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखामा पुगेर टुंगिएको थियो । प्रदर्शनमा सहभागी उद्योगी व्यवसायीहरुले ‘करदाताको रक्षा गर, बैंकको सेवा शूल्क घटाउ, कर्जा ब्याज दर घटाउ, गरी खान देउ’ लगायतका नारा अंकित प्ले कार्ड बोकेका थिए ।

सोही अवसरमा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले १५ बुँदे मागसहित राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक राजनदेव भट्टराईमार्फत गर्भनरलाई ज्ञापन पत्र बुझाइएको नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्तीय तथा बीमा समितिका संयोजक अनिल अग्रवालले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै क्षेत्रीय कार्यालयका निर्देशक भट्टराईले महासंघ मधेश प्रदेशका मागहरु जायज रहेको बताए । साथै सकेसम्म छिटै गर्भनरसमक्ष पठाएर मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.