वन मन्त्री कै गृह जिल्ला पर्सामा खुलियाम रूपमा रुख का गोलिया तस्करी हुँदै, रोकन सकेन्न बन अतिक्रमण ( भिडियो सहित)
नितेश कर्ण
वीरगंज, ३० भदौ
वन तथा वातावरण मन्त्री कै गृह जिल्ला पर्सामा सयौं हेक्टर बढी वन क्षेत्र अतिक्रमणको चपेटमा रहेको छ। अहिले वन तथा वातावरण मन्त्री पर्सा का प्रदीप यादव हुनुहुन्छ ।
बन मन्त्री यादब ले वाहा कैई गृह जिल्ला भैइ रहेको बनभडानि , काठ को चोरी तस्करी तथा बन अतिक्रमण अझै रोकिएको छैन।
जिल्लामा हुनेगरेको वन अतिक्रमण को निगरानी तथा समन्वय समिति को अध्यक्ष सम्वन्धित जिल्ला का प्रमुख जिल्ला अधिकारी हुने गर्दछ तर पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल ले कार्यालय को कार्य व्यस्तता को कारण अनुगमन गर्न नसकेको बताउनुहुन्छ ।
पर्सा जिल्लाको सबैया साझेदारी वन अन्तर्गत अतिक्रमित ५० हेक्टर वनक्षेत्रमध्ये ४७ हेक्टरमा बिरुवा रोपिएको सबैया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष लखनलाल साहले बताए । उनले अतिक्रमित वनक्षेत्रमध्ये ३७ हेक्टरमा फलफूल, सिसौं, टीकका बिरुवा रोपिएको र थप तीन हेक्टर जमीन पनि अतिक्रमणमुक्त गरेर वृक्षारोपण गर्ने योजना रहेको बताएका छन् ।
पर्सा जिल्ला मा ३०० हेक्टर बन क्षेत्र अतिक्रमण गरेर घर टहरा बनाउनु का साथै स्थानीयहरु खेतिपाती गर्दै आएका थिए। हाल सम्म मा १०० भन्दा बढी हेक्टर जमिन वन अतिक्रमण मुक्त गरिएको छ भने आधा भन्दा बढी अतिक्रमणकै चपेटामा रहेको डिभिजन वन कार्यालय पर्सा का वन अधिकृत फरमान मिया ले बताएका छन्।
आव २०७७/७८ मा वनसम्बन्धी ४५ वटा मुद्दा र वन्यजन्तुसम्बन्धी दुईवटा मुद्दा गरी ४७ वटा मुद्दा दर्ता रहेको र आव २०७८/७९ मा ३५ वटा वनसम्बन्धी र तीनवटा वन्यजन्तुसम्बन्धी मुद्दा दर्ता भएको बताए।
आव २०७८/७९ मा साल, सिसौं, सतीसाल गरी ९७२.२६ क्युफिट र दाउरा ०.१५ चट्टा बरामद बताएका छन्
यो अवधिमा ८९ वटा साइकल, दुईवटा टायरगाडा, दशवटा मोटरसाइकल, दुईवटा ट्याक्टर, ११ वटा बन्चरो, आठवटा आरा, १२ बोरको एक थान बन्दूक, चारवटा गोरु, दुईवटा खुर्पालगायत टर्चलाइट, डोरी आदि सामानहरू बरामद भएको जनाएको छ ।
यसैगरी, आव २०७७/७८ मा १३७ जनामाथि मुद्दा चलेको र ६५ जना पक्राउ परेको तथा ७२ जना फरार रहेको मिया ले बताएका छन्
आव २०७८/७९ मा ९७ जनामाथि मुद्दा चलेको, ५१ जना पक्राउ परेको र ४६ जना फरार अधिकृत मिया ले बताएका छन् ।